१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ



२० मंसिर । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन् । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । यसअघि पक्राउ पर्नेमा सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार छन् ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।