८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गृहमन्त्रीको पीए हुँ भन्दै विभिन्न निकायमा फोन गर्ने व्यक्ति पक्राउ



२० मंसिर । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने ‘नक्कली पिए’लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले ‘नक्कली पिए’ विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनले ‘पिए’ भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्बाराहीबाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए । त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि ‘नक्कली पिए’को विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

‘नक्कली पिए’ले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।