१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूटानी राजा अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौँमा आइपुगे



उनी आजै स्वदेश फर्कने

काठमाडौँ
भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।

भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा छन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।