४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुटानी राजाद्वारा स्वयम्भूनाथ दर्शन



काठमाडौँ
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।

यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेको भुटानी राजाले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका थिए ।

आज बिहान नेपाल आइपुगेका भुटानी राजाको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ०५ बजे