६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै प्रदर्शन



२३ मंसिर । ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौँमा प्रदर्शन गरेको छ ।

ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौंको सुन्धरा क्षेत्रमा प्रदर्शन भएको हो । लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारवाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत माग गरिएको छ ।

प्रदर्शनकारीहरुले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौ, कमलपोखरी पुर्नस्थापित गरौ, सम्पदा संरक्षण अभियानमा सवै नेपाली एक हौ लगाएतका प्लेकार्ड प्रदर्श गरेका थिए ।

विक्रमशिल महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा अदालतबाट देशको अमूल्य सम्पदा विनास नहुने गरि न्यायसम्पादन हुने समाजको विश्वास छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।