२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनसहित तीन जना पक्राउ



२४ मंसिर । सुन जस्तो देखिने पहेँलो धातुसहित काभ्रे र रुपन्देहीबाट प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

काभ्रेको बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय वसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक वसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।

उता रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शङ्कास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।