२५ मंसिर । चोभारमा रहेको एउटा कबाडी संकलन केन्द्रमा आगलागी भएको छ। आज बिहान कीर्तिपुर नगरपालिका- ६ चोभारमा रहेको एउटा कबाडी गोदाममा आगलागी भएको कीर्तिपुर प्रहरीले जनाएको छ।
अहिले आगलागी नियन्त्रणको प्रयास चलिरहेको छ। आगलागी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाका २ वटा र ललितपुर महानगरपालिकाको एउटा बारुणयत्र परिचालन गरिएको छ।
घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन्। दुईजनाको सहकार्यमा सञ्चालित कबाडी गोदाममा बिहान करिब सात बजदेखि आगलागी सुरु भएको हो।







प्रतिक्रिया