२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाए कारबाही



२६ मंसिर । काठमाडौँ महानगर क्षेत्रभित्र खुला रूपमा फोहोरमैला जलाउन कारबाही हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ‘अत्यन्तै जरुरी सूचना’ जारी गरी खुला रूपमा फोहोरमैला बाल्न निषेध गरिएको जानकारी गराएको हो ।

खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउँदा वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा असर पर्ने भएकाले यसमा प्रतिबन्ध लगाइएको महानगरपालिकाले जनाएको छ ।

चेतावनी दिँदै सूचनमा अगाडि भनिएको छ- यस्ता कार्यहरू कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०५१ बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।