३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं सीआईबीको नियन्त्रणमा



२७ मंसिर । साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा छुटेका दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा ब्यूरोले अनुसन्धान गरिरहेको छ । ब्यूरोले संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

ब्यूरोका प्रवक्ता एसपी होविन्द्र बोगटीले प्रसाईं सीआईबीको नियन्त्रणमा रहने बताए । उनले भने, ‘हामीले दुई वटा मुद्दामा अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौं, अब उनमाथि अनुसन्धान हुन्छ, प्रहरीको निगरानीमा केएमसी अस्पतालमा प्रसाईंलाई उपचारको लागि राखिन्छ ।’

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।