८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा अत्याधिक चिसो, तापक्रम यो बर्षकै कम मापन



विभागका अनुसार केही दिन मौसम बदली नहुने अवस्था रहेको कारण तापक्रम थप कम हुने सम्भावना छ

काठमाडौं
आज काठमाडौं उपत्यकामा अत्याधिक चिसो महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोे छ ।

आज बिहान ९ बजे वर्षकै सबैभन्दा कम २ डिग्री सेल्सियसमा झरेको हो ।

मौसम खुला भएसँगै काठमाडौं उपत्यकामा हुस्सु लाग्ने गरेको छ । विभागका अनुसार केही दिन मौसम बदली नहुने अवस्था रहेको कारण तापक्रम थप कम हुने सम्भावना छ ।
पछिल्लो समय हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेकोे छ ।

आगामी सोमबारदेखि उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएकोले जाडो अझै बढ्ने अनुमान छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।