२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरपालिकाद्वारा २३६ जना परम्परागत बाजा गुरुलाई नगदसहित सम्मान



२९ मंसिर । काठमाडौं महानगरपालिकाले २३६ जना परम्परागत बाजा गुरुहरूलाई जनही ३० हजारसहित सम्मान गरेको छ।

३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरुहरूलाई सम्मान गरेका हुन्।

सम्मानित गृरुहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु हुन्।

गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एक–एकजना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरु छन्।

यस्तै, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न संघसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरुलाई सम्मान गरिएको हो।

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।