६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बेचन झा र प्रतीक थापालाई थुनामै राख्न आदेश



१ पुस । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौँले आफूलाई गैरकानुनी रूपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतीक थापालाई पनि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।