काठमाडौं
राजधानीको टोखा र थलीमा भएको विद्युत् सर्ट भएको आगलागीपछि घर र क्यान्टिन जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार टोखा नगरपालिका–६ धापासी बस्ने भाईकाजी श्रेष्ठको घरमा ग्यास हिटर ताप्ने क्रममा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर क्षति भएको हो ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–५ थली गोकर्ण रिसोर्टभित्र रहेको क्यान्टिनमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुवै घटनाका विषयमा प्रहरीले अनुसनधान गरिरहेको बताएको छ ।
५ पुस २०८१, शुक्रबार
68
Shares
प्रतिक्रिया