२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेको मुद्दाको विषयबारे प्रहरीले सभामुखलाई जानकारी गरायो



सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको
काठमाडौँ
जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई पत्र लेखी चितवन क्षेत्र नं– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएकोबारे जानकारी गराएको छ ।
पत्रमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी समेत मुद्दाको पूरक अभियोग पत्र दर्ता भएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको कार्यालयका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
प्रतिनिधिसभा, नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, अपरोध जोहरी शााखा, गण्डकी शाखालाई पनि उक्त पत्र बोधार्थ दिइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।