८ पुस । भक्तपुरको बालकोटस्थित डेरामा बस्ने बुबा–छोरा मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधाराको पक्की घरको तल्लो तल्लामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको बुबा-छोरा आ–आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थायी घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो । मृतक दुवैको शरीरमा चोट देखिएको छ । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।
उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया