८ पुस । भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकधारास्थित एक घरमा दुईजना मृत फेला परेको घटनामा प्रहरीले मृतकहरूको शव निकालेको छ।
थप अनुसन्धान र पोष्टमार्टमका लागि प्रहरीले शव निकालेको हो। सोमबार बिहान साढे ३ तले पक्की घरको तल्लो तलामा दुईवटा छुट्टाछुट्टै कोठा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्यको शव फेला परेको थियो।
घटनास्थलको दुवै कोठामा बाहिरबाट ताला लगाइएको थियो। प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।
प्रतिक्रिया