१० पुस । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवतीलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए।
‘उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ । सोमबार फुल्चोकी घुम्न गएका १० जना युवक र तीनजना युवती दिउँसोदेखि बाटो भुलेर जंगलमा हराएका थिए। उनीहरु हराएको सूचना पाएपछि प्रहरीले उद्धार कार्य सुरु गरेको थियो।
यी हुन् हराएकाहरु
१. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष २७ को श्याम ओखेडा ।
२. जिल्ला तनहुँ व्यास न.पा. ५ घर भई हाल किर्तिपुर बस्ने बर्ष २२ की सर्मिला गिरी ।
३. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ घर भफ हाल काठमाण्डौ पुरानो बानेश्वर बस्ने बर्ष २० को निशान खड्का
४. जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर पुल्चोक बस्ने बर्ष २२ को अशोक थापा मगर
५. जिल्ला कालिकोट तिलागुफा न.पा. वडा नं. ३ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष २० को जिवन पाण्डेय ।
६. जिल्ला कालिकोट तिलगुफा वडा नं. ३ काखूवाडा घर भई हाल काठमाण्डौ बसन्तपुर बस्ने बर्ष २२ को सुरेश शाही
७. जिल्ला सर्लाही बागमती न.पा. वडा नं. ९ शंकरपुर घर भई हाल भक्तपुर ठीमी बस्ने बर्ष २० को सागर थापा ।
८. जिल्ला बारा कोल्भी न.पा. वडा नं. ४ सफाई घर भई हाल किर्तिपुर बस्ने बर्ष २७ को सुभास पौडेल
९. जिल्ला मोरङ बुढीगंगा गा.पा. ६ गछ्या घर भई हाल कलंकी बस्ने बर्ष २५ की पुष्पा परियार
१०. जिल्ला अछाम पंचदेवल बिनायक न.पा. वडा नं. ६ तोलि घर भई हाल किर्तिपुर बस्ने बर्ष २९ को दिनेश रावल ।
११. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ चकलआघार घर भई बालाजु बस्ने बर्ष २० को निश्चल बस्नेत ।
१२. जिल्ला मोरङ सन्दर हरैचा न.पा. वडा नं. ३ गच्घ्या घर भई हाल कलंकी बस्ने बर्ष २५ की अम्बिका खड्का ।
१३. जिल्ला अछाम रामारोशन न.पा. वडा नं. ८ भेरागाउँ घर भई हाल गठ्ठाघर बस्ने बर्ष २१ को रामलाल खत्री) ।
प्रतिक्रिया