३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट ९२ लाख नगदसहित ३ जना पक्राउ



१२ पुस । काठमाडौंबाट स्रोत नखुलेको ९२ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोकर्णेश्वरको आरुबारी बस्ने ३४ बर्षीय रवि धमला, संखुवासभाका ३० बर्षीय सन्तोष वि।क। र रसुवा घर भइ तारकेश्वर बस्ने ३९ बर्षीय जीत बहादुर तामाङ रहेका छन् ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।