७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


व्यक्तिको जग्गा लुटेर राखेको ठाउँ हो तीनकुने, ५० वर्षसम्म पनि मुआब्जा आएन : मेयर बालेन



१२ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि नबढाउन प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोटेश्वर महोत्सवको उद्घाटन गर्दै साहले ५० बर्ष देखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि नबढाएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।