काठमाडौं
राजधानीमा भएको दुई बलत्कार घटनामा दुबै जना युवकहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–२ घर भई भक्तपुर कमलबिनायक बस्ने २६ वर्षीय टेक बहादुर माझीलाई पनि शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१३ पुस २०८१, शनिबार
150
Shares
प्रतिक्रिया