३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इटहरीमा भेटिएको शङ्कास्पद झोलामा कुकर, कुकर भित्र पर्चा



१६ पुस । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ। स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ। बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो।यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो। शङ्कास्पद बस्तु फेला परेपछि  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।