२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खुडोलमा तार चोर्न जाँदा हाइ भोल्टेज करेन्ट लागेर १ जनाको मृत्यु



ललितपुर

ललितपुर महानगरपालिका–२५ स्थित नख्खुडोलमा हाइ भोल्टेट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मध्यराति तामाको तार चोर्ने क्रममा हाइ भोल्टेज करेन्ट प्रवाह भएर एक जनाको मृत्यु भएको हो । चोरीमा संलग्न दुई जना पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । पुस १ मा तार चोर्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा धादिङ घर भएका ३२ वर्षीय केशर बहादुर घले छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ४१ वर्षीय भुवन बहादुर कार्की र काभ्रेको खानीखोला घर भएका १७ वर्षीय किशोर घलेसँगै तामाको तार चोर्न गएका प्रहरीले जनाएको छ । अर्थिङ गरेको तार काट्न घले ट्रान्सफर्मरमा चढेर काट्ने प्रयास गर्दा करेन्ट लागेर सडकमा ढलेको प्रहरीले जनाएको छ । त्यसपछिसँगै गएका दुई जना फरार भएका थिए । उनीहरूले कैँचीको प्रयोग गरेर तार काट्ने प्रयास गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : १६ बजे