२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विदेश पठाउँछु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ



१६ पुस । वैदेशिक रोजगारीका लागि विदेश पठाउँछु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाडौंको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको आरोप लागेको छ, भने भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी आरोप लागेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।