काठमाडौं
प्रधानमन्त्रीमा केपी शर्मा ओलीले कन्दरा ब्याण्डको गीत सुनेर प्रशंसा गरेका छन् ।
कन्दरा ब्याण्डको नयाँ गीत प्रधानमन्त्री निवास बालुवाटारमा ’हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, “साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।”
ओलीले गायक विवेकलाई कन्दराको विश्व भ्रमणको पनि शुभकामना दिएका छन् ।
गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक सम्भावनाको विम्ब प्रस्तुत गर्ने बताएका छन् । प्रधानमन्त्रीले गीतलाई अपनत्व दिएर यसको म्युजिक भिडियो सार्वजनिक गर्नुले आफूहरूलाई थप उत्साह प्रदान उनको भनाई छ ।
गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् ।
गीतको शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् भने भीएफएक्स बम बहादुर थापाले गरेका छन् ।
गीतको गिटार, मिक्सिङ, र मास्टरिङ देव लामा, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायक रहेका छन् ।
कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’बिदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ’तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा चर्चित छन् ।
कन्दराको भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् ।
प्रतिक्रिया