३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पनि भूकम्पले दियो धक्का



काठमाडौँ
आज पनि पश्चिम नेपालमा भूकम्पले धक्का दिएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो ।
यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो । पश्चिम नेपालमा निरन्तर भुकम्पको धक्का गइरहेको छ । विज्ञहरुले पश्चिमी नेपालमा लामो समयदेखि भुकम्प नभएका कारण जोखिम रहेको बताउदै आएका छन् ।
२०७२ वैशाख १२ गतेको महाभुकम्पपछि देशभर साना भुकम्प जाने क्रम निरन्त्र चलिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।