२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीका सबै वडामा माटो परीक्षण शिविर



१९ पुस । ललितपुर गोदावरी नगरपालिका अन्तर्गतका १४ वटै वडामा माटो परीक्षण शिविर गरिएको छ । खेती गरिँदै आएको खेतबारीको ५ सय ४८ वटा माटोको नमुना माटो तथा मल परीक्षण प्रयोगशालाका विशेषज्ञबाट परीक्षण गरिएको छ ।
किसानले जग्गाको माटोको अवस्था कस्तो छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन अल्पकालन र दीर्घकालिन योजना बनाउन थालेको कृषि शाखा प्रमुख सुवास खनालले बताए ।

दिगो कृषि उत्पादनका लागि नगर क्षेत्रभित्रको माटो सुधार गर्दै माटोको गुणस्तर अनुसार उत्पादन क्षेत्रका रुपमा विकास गरिने बताइएको छ । विगतका वर्षदेखि नै नगरपालिकाले माटो परीक्षण गरि कृषि चुन वितरण गर्दै आएको छ । माटोमा अम्लियपन निकै बढ्दै र प्रांगारिक पदार्थ घट्दै गएको पाइएपछि नगरपालिकाले हरेक वर्ष यस्तो निःशुल्क सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ३२ बजे