७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट पोखरा जाँदै गरेको कार धादिङमा दुर्घटना, ४ जना घाइते



२० पुस । काठमाडौंबाट पोखरा जाँदै गरेको कार धादिङमा अर्को कारसँग ठक्कर खाँदा चार जना घाइते भएका छन्।
बिहान १० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा दुई कार आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन्।

काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कार आपसमा ठोकिएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै सवारी साधनमा सवार व्यक्तिहरू घाइते भएका हुन्। घाइते हुनेहरूमा कागेश्वरी मनहरा नगरपालिका–२ बस्ने कार चालक २६ बर्षका प्रज्ञान खड्का (छाती र दुबै खुट्टामा चोट) रहेका छन् भने सोही कारमा सवार २८ बर्षका प्रमोड खड्का (बाँया आँखा, नाक, र बाँया हातमा चोट) रहेका छन्। उनीहरु बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कारमा सवार थिए।

 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।