४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछाने धरौटीमा रिहा, प्रहरीले लगायो परिवारको जिम्मा



२५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संस्थापक सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन्। रविले ६५ लाख बैंक धरौटी बुझाएर रिहा भएका हुन्।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यसैबीच लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीले परिवारको जिम्मा लगाएको रास्वपाका कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

कास्की जिल्ला अदालतबाट धरौटी बुझाएपछि लामिछानेलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।