११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैपटक १३ सचिवको सरुवा



काठमाडौं

सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक १३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ ।

उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराइ र संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ । निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका छन् भने सहसचिव बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यस्तै मदन भुजेललाई पनि मधेश प्रदेश सरकारको कामू प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । सहसचिव अधिकारी र भुजेल अब सचिव बढुवाको लाइनमा रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।