७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का महसुस भएको छ। सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन। यसअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गत पुस २२ मा गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका थिए। प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको थियो।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।