३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज चीन केन्द्रबिन्दु भएर भूकम्प जाँदा नेपालमा पनि धक्का महसुस



काठमाडौं । चीन केन्द्रबिन्दु भएर सोमबार साँझ भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लाहरुमा समेत महसुस भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार साँझ ६ बजेर ४२ मिनेटमा तिब्बत केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बंगलादेश, भारत, भुटानमा पनि महसुस भएको बताइएको छ । भूकम्पको सामान्य धक्का काठमाडौंमा समेत महसुस भएको थियो । केही दिनअघि चीन केन्द्रबिन्दु नै भएर शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।