५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पिताम्बर’को टिजरमा गज्जवको द्वन्द्व



ललितखबर/चापागाँउ

पछिल्लो समय नेपाली चलचित्रमा गज्जवको द्वन्द्वको दृश्य देख्न पाइएको छ । रंगेली र १२ गाँउको सफल प्रर्दशनसँगै चलचित्रमा द्वन्द्व मिश्रित चलचित्र बन्ने क्रम सुरु भएको छ । चलचित्र रावायण पनि यस्तै चलचित्र थियो । यद्यपी बक्स अफिसमा यो चलचित्र सफल भने हुन सकेन । तर लामो समयसम्म यस चलचित्रको मेकिङलाई लिएर चर्चा भयो ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच यस्तै चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरलाई लिएर सहभागी कलाकारले प्रशंसा गरेका छन् । चलचित्रको टिजर हेर्दा उच्च कोटीको मेकिङ र प्रविधिको प्रयोग गरिएको देखिएको छ ।
सधंै चकलेटी र नयाँ नयाँ चरित्रमा उत्रेर दर्शकको मन जित्न सफल अभिनेता प्रदिप खड्का चलचित्र ‘पिताम्बर’मा एक्सन अवतारमा देखिएका छन् भने अभिनेता दयाहाङ राई प्रहरीको भूमिकामा छन् ।
चलचित्र पिताम्बरमा नेपाली स्टार कलाकारहरुको भीडभाड छ । अभिनेता प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाहीको अभिनय चलचित्रमा हेर्न पाइन्छ भने अभिनेत्री सुरक्षा पन्त, गौरी मल्ल, सुपुष्पा भट्ट, दिव्या रायमाझीसँगै प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्य देव पन्त, गौरव बिष्ट, आशिष पुरुष लगायतका कलाकारहरुको अभिनय छ ।

पछिल्लो पुस्ताबीच चर्चा कमाउन सफल निर्देशक कृषा चौलागाइको निर्देशनमा निर्माण भएको यस चलचित्र विशाल चौलागाइ निर्माण गरेका हुन् । चलचित्रको सह–निर्माताको रुपमा पुरुषोत्तम प्रधान, आध्या लामिछाने, आरोह चौलागाईले सघाएका छन् ।

यही चैत्रको २९ गतेबाट प्रर्दशनमा आउन लागेको यस चलचित्र करिव ५ करोड रुपैयाँभन्दा बढी बजेट खर्चेर निर्माण गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

 

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।