२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर चापागाउँ दोबाटोको भाटभटेनीलाई १० हजार जरिवाना



काठमाडौं । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन् ।

ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए ।

 

सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ११ : २२ बजे