काठमाडौँ
आज भुकम्प राष्ट्रिय सुरक्षा दिवस काठमाडौंको किर्तीपुरमा मनाइने भएको छ ।
विहान किर्तीपुरको पाङाबाट सुरु हुने सचेतना ¥याली किर्तीपुर परिक्रममा गर्ने कार्यक्रम छ ।
अपरान्ह किर्तीपुरकै विपि कोइराला मेमोरियल संग्रालयमा कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राजधानकिो नयाँ सडकमा विहान भुकम्प सुरक्षा दिवस काठमाडौं महानगरले मनाउदै छ भने ललितपुर महानगरले पाटन दरवार स्क्वायरमा स्मृती दिवस मनाउने तयारी गरेको छ ।
भुकम्प सचेतनाका लागि सरकारले स्थानीय स्तरमा यो दिवस मनाउने नीति अनुरुप यो बर्ष किर्तीपुसमा भुकम्प दिवस मनाउन लागिएको हो । गएको बर्ष काठमाडौंको चन्द्रागिरीमा यो लिवस मनाइएको थियो ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
प्रतिक्रिया