३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बूढानीलकण्ठमा करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २७ वर्षीय रोशन माझी छन् ।

बूढानीलकण्ठ नगरपालिका- १३ स्थित नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ६ : १६ बजे