चापागाँउ
ललितपुरको इमाडोल र काठमाडौंको कीर्तिपुरबाट लागू औषधसहित युवकहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१० टियु गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित तार्केश्वर नगरपालिका–३ जितपुर घर भएका ४२ वर्षीय सोभित थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुरबाट तार्केश्वर जितपुरतर्फ जाँदै गरेको बा.प्र ०२– ०२२ प ०७५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित काठमाडौं बुढानिलकण्ठ बस्ने इलाम घर भएका २१ वर्षीय साहिल कट्टेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बा.५७ प ५४६३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
६ माघ २०८१, आइतबार
174
Shares








प्रतिक्रिया