३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वरिष्ठ अधिवक्ता त्रिपाठी कुटपिटका अर्का आरोपित पक्राउ



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेटनजिकै कुटपिट भएको थियो।

कुटपिटमा संलग्न रही फरार रहेका हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। टोखाबाट पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको पनि काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। घटनालगत्तै दोलखाका ललितकुमार केसी पक्राउ परेका थिए।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।