२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रे उमाविका शिक्षक पक्राउ, नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोप



काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन् ।
उनी २०५३ सालदेखि शिक्षण पेशामा थिए । श्रेष्ठले स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली बनाएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
सुरुमा प्राथमिक तहमा अध्यापनरत श्रेष्ठले २०७० सालमा फर्जि कागजात बनाएको प्रहरीसँग स्वीकार गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।