२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वामदेव गौतमलाई पार्टी प्रवेश एजेण्डामा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ ।
संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुकूलतामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालय वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
–––

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।