७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धरानका मेयर हर्क साम्पाङ पुगे खानेपानी मन्त्रालय, गाग्री प्रहरीले खोस्यो



काठमाडौं । रित्तो गाग्री लिएर सिंहदरबार छिरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

आज बिहान १० बजे सिंहदरबार जाने भनेपछि सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिकएको थियो ।

प्रहरीले गाग्री खोसेपछि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीबिनै पुगेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।