२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


युवतीमाथि यौन दुर्व्यवहारको आरोपमा काठमाडौंबाट एक जना पक्राउ



काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ प्रयोग गरेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराल रहेका छन्।
उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हाे । ती युवतीलाई अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाएको उनीमाथि आरोप छ।

इनड्राइभ प्रयोग गरेकी युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।