काठमाडौँ
अब थानकोटदेखि धुलिखेलसम्म बस चढेर आवतजावत गर्न सकिने भएको छ । महनगर यातयातको चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोष्ट –गुर्जुधारा – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले सजिलो हुने अपेक्षा व्यक्त गरका छन् । उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको विचार व्यक्त गरे ।
प्रतिक्रिया