७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विमानस्थलबाट एयरगनसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक एयरगनसहित पक्राउ परेका छन्। बिहीबार दिउँसो काठमाडौंबाट ढाका उड्न लागेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दीनलाई प्रहरीले जाँचको क्रममा पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको टोलीले जाँच गर्ने क्रममा उनको ब्यागबाट एयरगन र छर्रा बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। दिउँसो १ बजे हिमालयन एयरलाइन्सको जहाजबाट ढाका उड्ने तयारीमा उनी थिए।

थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।