१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखरापुर दुर्घटनाः झाँक्री प्रकाश भुजेल २ लाख धरौटीमा रिहा



काठमाडौं । शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा भएको दुर्घटना घटनामा झाँक्री प्रकाश भुजेल धरौटीमा रिहा भएका छन् । सवारी ज्यान मुद्दामा थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर भएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो।

उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा ागर्न आदेश दिएको छ। अदालतले माग गरेको धरौटी बुझाएर भुजेल रिहा भइसकेको उच्च अदालत पाटनले जानकारी दिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले मंसिर २३ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए।
उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो।

दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्री पछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ४४ बजे