५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ओखलढुंगा दुर्घटनाः चालक भक्तपुर इन्टरनेश्नल अस्पतालमा भेटिए



काठमाडौं । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार दुर्घटनापछि फरार भएका चालक सुनसरी घर भएका वर्ष २२ का अनिल पण्डित भक्तपुरको इन्टरनेश्नल अस्पतालमा उपचाररत भेटिएका हुन् ।

दुर्घटना भएपछि चालक फरार थिए। ‘चालक फेला नपरेपछि खोजीकार्य सुरु गरिएको थियो । बिहिबार भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको थियो। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ छन्। यस्तै, उनीहरुका आफन्त ४५ वर्षीया तारा गुरुङको पनि मृत्यु भएको छ। बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।