५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आशिका तामाङलाई २० हजार धरौटीमा रिहा



काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । भक्तपुर जिल्ला अदालतले शुक्रबार तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका वैतनिक वकिल शेषांश गिरीले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो ।

उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पुर्‍याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।

भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार तामाङ धरौटी बुझाएपछि आजै रिहा हुनेछिन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।