उहाँको चाहना मैले पुरा गर्न सकिन
ललितपुर
गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफ्नो र श्रीमान् विष्णु सापकोटासँगको सम्बन्ध विच्छेदको प्रकृया सुरु भएको स्वीकार गरेकी छिन् ।
उनले एक भिडियो जारी गर्दै आफूहरुले कुरा गरेरै नै यो निर्णय लिएको बताएकी हुन् ।
कसैले पनि विवाह सम्बन्धविच्छेद हुन्छ भनेर गरिदैन
उनले व्यक्तिगत कुरालाई मजाकको पात्र नबनाउन र कमाइ खाने भाँडो नबनाउनु अनुरोध समेत भिडियोमार्फत गरेकी छिन् । उनले भनेकी छिन्, ‘कसैले पनि विवाह सम्बन्धविच्छेद हुन्छ भनेर गरिदैन ’भन्दै भिडियोमार्फत श्रीमान् विष्णु सापकोटालाई गाली नगर्न भनेकी छिन् ।
मुटु फुटाएर कन्यादान दिएकी आफ्नी छोरीको सम्बन्ध विच्छेद होस् भन्ने वावु आमाले नचाहने उनको भनाई छ ।
उनले आफ्नो जीन्दगी विगार्ने आफै भएको र आफ्नो पति विष्णु सापकोटोलाई गाली नगर्न शुभेच्छुकहरुलाई अनुनय समेत गरेकी छिन् । उनी भन्छिन्,
‘उहाँको चाहना मैले पुरा गर्न सकिन ’
आफूले मायाँ गरेको मान्छेलाई गाली गर्दा आफूलाई गाली गरेको भन्दा पनि धेरै पिडा हुने उनको भनाई छ ।
विवाह गर्नु चाँही हतारको निर्णय भएको उनको स्वीकारोक्ति छ ।
विवाहअघि प्रेम सम्बन्ध रहेको बेला पनि झगडा हुने गरेको समेत उनले खुलासा गरेकी छिन् । रुँदा रुदै आँखा र अनुहार रातो बनाएको अवस्थामा भिडियोमा देखिएकी गायिका चौहान रुच्ने भावका साथ भिडियोमा देखिएकी हुन् ।
प्रतिक्रिया