ललितखबर
दक्षिण ललितपुरको छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण हुने भएको छ । करिव ५ बर्षअघि चर्चा र कामको सुरु गरिएको डेस्टिनेसन माझखण्ड प्रालिको पुन काम द्रुत गतिमा काम अघि बढाएको छ ।
केबुलकारको सोमबार विहान ११ बजेको श्रीपञ्चमीको शुभ साइतमा शिलान्याश हुन लागेको अभियन्ता गोपाल सन्जेलले बताएका छन् । शिलान्याश ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशम्सेर राणाको बाहुलीबाट हुन लागेको हो ।
दक्षिण ललितपुरको वागमती गाँउपालिका रहेको भट्टेडाँडा छपेलीबाट माझखण्डसम्म २ हजार ६ सय मिटर लामो केबुलकार निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । दक्षिण ललितपुरको सुन्दर पर्यटकीय गन्तव्य माझखण्डबाट दक्षिण ललितपुरका सुन्दर पहाडी थुम्का, उत्तरी हिमाली श्रृखला र तराईका समथर फाँट हेर्न सकिन्छ ।
केबुलकार निर्माणमा विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बैंक तथा वित्तिय संस्थाको ऋण तथा लगानी रहने बुझिएको छ । कम्पनीले संस्थापक शेयरका लागि आह्वान गर्ने तयारी समेत गरेको बुझिएको छ ।
यहाँ माझखण्ड बुद्ध विहारसँग ऐतिहासिक पुरातात्विक मठ मन्दिर समेत रहेका छन् ।
माझखण्डदेखि झाँक्रिडाँडासम्म केही दशकअघि रोपवे समेत निर्माण भई सफल सञ्चालन भएको थियो । केही समय सञ्चालन भएको सो रोपवे हाल बन्द छ ।
प्रतिक्रिया