२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको माझखण्डमा केबुलकार बन्ने, शिलान्याश हुँदै



ललितखबर
दक्षिण ललितपुरको छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण हुने भएको छ । करिव ५ बर्षअघि चर्चा र कामको सुरु गरिएको डेस्टिनेसन माझखण्ड प्रालिको पुन काम द्रुत गतिमा काम अघि बढाएको छ ।
केबुलकारको सोमबार विहान ११ बजेको श्रीपञ्चमीको शुभ साइतमा शिलान्याश हुन लागेको अभियन्ता गोपाल सन्जेलले बताएका छन् । शिलान्याश ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशम्सेर राणाको बाहुलीबाट हुन लागेको हो ।
दक्षिण ललितपुरको वागमती गाँउपालिका रहेको भट्टेडाँडा छपेलीबाट माझखण्डसम्म २ हजार ६ सय मिटर लामो केबुलकार निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । दक्षिण ललितपुरको सुन्दर पर्यटकीय गन्तव्य माझखण्डबाट दक्षिण ललितपुरका सुन्दर पहाडी थुम्का, उत्तरी हिमाली श्रृखला र तराईका समथर फाँट हेर्न सकिन्छ ।


केबुलकार निर्माणमा विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बैंक तथा वित्तिय संस्थाको ऋण तथा लगानी रहने बुझिएको छ । कम्पनीले संस्थापक शेयरका लागि आह्वान गर्ने तयारी समेत गरेको बुझिएको छ ।
यहाँ माझखण्ड बुद्ध विहारसँग ऐतिहासिक पुरातात्विक मठ मन्दिर समेत रहेका छन् ।

माझखण्डदेखि झाँक्रिडाँडासम्म केही दशकअघि रोपवे समेत निर्माण भई सफल सञ्चालन भएको थियो । केही समय सञ्चालन भएको सो रोपवे हाल बन्द छ ।

 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।