५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कमलपोखरीको सानदार मःम पसलमा ग्यास विष्फोटः ११ जना घाइते, दुईको अवस्था गम्भीर



काठमाडौं । काठमाडौं कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।