मैले यो गीत गाएको भन्दा धेरैले पत्याउदैनन् । मैले गाएर सुनाउदा सबै दंग पर्छन् । त्यसैले दर्शकलाई चिनाउन ‘रियालिटी शो’मा भाग लिएकी हुँ
ललितखबर
कलाकारका दुःख पनि अनेक छन् । चर्चित गायिका इन्द्रकला राई केही समयअघि भ्वाइस अफ नेपालको प्रतिश्पर्धामा सहभागी भइन् । सफल गायिका भएर पनि जुनियरहरुसँग प्लेटफाममा प्रतिश्पर्धा गर्न पुगेको भन्दै धेरै दर्शकले आलोचना गरे ।
राजधानीमा चलचित्र द्रौपदीको गीत सार्वजनिक कार्यक्रममा पनि उनलाई पत्रकारले सो प्रश्न दोहो¥याए । गायिका राईले आफूलाई दर्शकले नचिनेको कारण रियालिटी शो भ्वाइस अफ नेपालमा सहभागी भएको प्रतिकृया दिइन् । भनिन् , ‘मैले यो गीत गाएको भन्दा धेरैले पत्याउदैनन् । मैले गाएर सुनाउदा सबै दंग पर्छन् । त्यसैले दर्शकलाई चिनाउन ‘रियालिटी शो’मा भाग लिएकी हुँ ।’
मलाई धेरै ठाँउमा चिन्दैनन् होला भन्ने सोचेर कतिपय ठाँउमा मास्क लगाएर जान्न । तर दर्शकले मलाई चिनेर बोलाउछन् । अरु त अरु डोल्पामा पनि मलाई चिने
दर्शकले आफ्नो गीत सुन्ने तर नचिन्ने समस्या चिर्न आफू रियालिटी शोमा जान बाध्य भएको उनको भनाई थियो । उनले आफू रियालिटी शोमा टाइटल जित्नकै लागि सहभागी नभएको बताउदै आफ्नो खुबी बढाउन र अनुभव बढाउन चाहेको बताइन् । भनिन्, ‘रियालिटी शो बाट धेरै फलोअर बढ्छन् भन्ने अपेक्षा समेत गरेको छु’
एता अर्का गायक रवि ओड भने दर्शकले बाटोघाटोमा चिनेर हैरान गर्न थालेपछि मास्क लगाएर हिड्ने गरेको बताउछन् । भन्छन्, ‘मलाई धेरै ठाँउमा चिन्दैनन् होला भन्ने सोचेर कतिपय ठाँउमा मास्क लगाएर जान्न । तर दर्शकले मलाई चिनेर बोलाउछन् । अरु त अरु डोल्पामा पनि मलाई चिने ।’
आफ्नो गीत हिट नहुँदा पनि आफूलाई चिन्ने गरेको अनुभव सुनाउदै उनले इन्द्रकलालाई गीत हिट हुँदा पनि नचिनेको तर्क गरे ।
गायक हुँदा आफूलाई चिन्ने गरे पनि आफू चलचित्र द्रौपदीमार्फत चलचित्रमा पाइला चालेको बताए । भने, ‘मैले क्षमता देखाउन कोसिस गरेको छु । भने अभिनय पनि गीतजस्तै कलाकारिता पेशा हो । म यो काम गर्न सक्छु भनेर नै अभिनयमार्फत चलचित्र द्रौपदीमा डेव्यु गरेको छु ।’
प्रतिक्रिया